
नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा संयुक्त व्यवसायी प्यानलको तर्फबाट पाण्डेको अध्यक्षतामा उम्मेदवारी घोषणा भएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापा र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराईले उम्मेदवारी दिएका छन् ।
यस्तै, सदस्यमा इनु थापा, कुमारमणि थपलिया, फुरी ग्याल्जेङ शेर्पा, सुदर्शन नेपाल, रमेश पौडेल, देवकी गुरुङ, राजु ढकाल र रमेश श्रेष्ठको नाम घोषणा गरेको हो ।
अध्यक्षका दाबेदार पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा काम गर्ने बताए ।
उनले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवर्द्धधन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
नाट्टालाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी घोषणा गरेको अध्यक्षका उम्मेदवार पाण्डेले बताए ।
वाम गठबन्धननिकट पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा आफूले व्यावसायिक नेतृत्व गर्न चाहेको बताउँदै सोही अनुरुप विविध विचार आस्था सम्बद्ध सबै पक्षले आफूलाई साथ हुने बताए ।
उनले आफू नेतृत्वमा नभए पनि नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवर्द्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
पाण्डेले टुर्स र ट्राभल्स क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नका लागि आफूले सबै सरोकारवालालाई समेटेर अगाडि बढ्ने स्पष्ट पारे ।
यसैबीच कोषाध्यक्षका उम्मेदवार राजकुमार थापाले संस्थाको पारदर्सिताका लागि आफूले उम्मेदवारी दिएको बताए । साना–ठूला सबैखाले संघ संस्थालाई समान हैसियतले राज्यले दिने सेवा सुविधा प्रदान गर्न र आर्थिक पारदर्शिताका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
पर्यटन मार्फत संस्था र देशलाई आर्थिक समृद्धि बनाउनुपर्छ भन्ने मान्यता थापाको छ ।
५० वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४ सय ६७ मतदाताले भाग लिनेछन् । यही पुस २८ गते नाट्टाको ५१ औं साधारणसभा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्