२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भुटानी शरणार्थी मृतावस्थामा फेला


0
Shares

भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नम्बर–२३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेलापरेका हुन् ।

सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । रासस