२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्ड जाँदै


0
Shares

उनी थाइ एयरवेजको विमानबाट दिउँसो साढे १२ बजे बैंकक जान लागेका हुन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जान लागेका हुन् ।

बैंककस्थित बुङरुगाड अस्पतालमा उनले स्वास्थ्य परीक्षण गराउने छन् ।

चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएको भए पनि चुनावको व्यस्तताले उनले स्वास्थ्य परीक्षण गराएका थिएनन् ।

ओलीका साथमा श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत बैंकक जाने तय भएको छ ।

अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमालेले जनाएको छ ।