
कार्यकाल सकिन चार दिन बाँकी रहँदा पुनर्बहाली भएका डा. शर्माले बुधबार हामीसँग कुरा गर्दै बिहीबार बिदाको दिन भएपनि ५ बजेसम्मै काम गरेर बिदा हुने बताए ।
शर्मा पुनर्बहाली भएपनि आइओएमको कार्यालयमा २० दिनदेखि ताला लगाइएकाले उनले सूचना–प्रविधि विभागमा बसेर काम गरिरहेका छन् ।
चार वर्षपछि आफूले न्याय पाएको भन्दै उनले डा. गोविन्द केसीले फेरि अनशन सुरु गरेको थाहा पाउँदा आफू दुखित बनेको बताए ।
चार दिनको अवधिमा गर्न भ्याउने कामहरु गरिसक्ने भन्दै उनले विद्यार्थीका हक–हितका लागि काम गर्न चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्