
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आयोगमा परेका ३ हजार ३९३ उजुरीमध्ये धेरैजसोको काम–कारबाही अघि बढिसकेको बताए ।
उनले आयोगको म्याद थपको विषयमा कुनैपनि आधिकारिक सूचना आफूहरुले प्राप्त नगरेको र म्याद थपका लागि आफूहरुले सरकारसँग आग्रह पनि नगरेको स्पस्ट पारे ।
सोही कार्यक्रममा न्यायका लागि द्वन्द्वपीडित पीडित समाजका अध्यक्ष जनक रावतले तीन वर्षसम्म कुनैपनि काम नगरेको आयोगको म्याद थप्न नहुने बताए ।
म्याद थप्नका लागि आयोगले हालसम्ममा गरेका कामको प्रगति विवरण पेस गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्