
सो फाउन्डेसनद्वारा बुधबार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्यांकेट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए ।
तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कुल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्यांकेट वितरण गरिएको धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष तथा हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।
यस्तै, शीतलहरबाट प्रभावित सप्तरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्यांकेट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।
सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म ८ जनाकोमात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्