Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


विकृतिविरुद्ध कविता


0
Shares

‘ठण्डीले कठ्याङ्ग्रिएको छ हात, मान्यवर कसरी कविता लेखौँ
आँगनमा कक्रिएको छ लाश, मान्यवर कसरी सपना देखौँ
प्रातमा घाटको यात्रा गर्नु नै छ, तपाईँ अतिथि म मलामी त्यहीँ भेटौँ
चिताको आगो तापेपछि, खरानीको मात्रा नापेपछि
फेरि फुर्छ कविता, तपाईँको स्तुतिमा अझ कति लेखौँ ?’

कार्यक्रममा रामबहादुर पहाडी, बाबुराम लामिछाने, मदन कार्की, रत्ननिधि शुक्राचार्य, मेनका पोख्रेल, रामेश्वरी पन्त, गंगा पौडेल, अञ्जु विष्ट, पुष्पा धमला, विमला दाहाल, उर्मिला पाण्डेय, प्रीत कौर, कुसुम शर्मा, पुण्य विश्वास, रश्मि रिमाललगायतले कवितामार्फत विकृतिविरुद्ध लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विजयध्वज थापा, जसध्वज गुरुङ, त्रिभुवनचन्द्र वाग्ले, जनार्दन अधिकारी, नवराज श्रेष्ठ, रुद्र अधिकारी, गगनदीप सर्व, भुवन चौघरे, मुकुन्दप्रसाद न्यौपाने, ओमप्रसाद कोइराला, निर्मल पराजुली, प्रमोद स्नेही, दिनेश संग्रौलालगायत २९ जनाले कविता वाचन गरेका थिए । रासस

Skip This