२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खोटाङको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण


0
Shares

पर्यटन प्रवद्र्धन गर्दै गाउँमा रोजगार सृजना गर्ने उद्देश्यले प्याराग्लाइडिङको परीक्षण गरिएको दिप्रुङ गाउँपालिकाका प्रमुख भुपेन्द्र राईले जानकारी दिए ।

भीरचुङ्मा डाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी सफल परीक्षण भएको छ ।

गाउँपालिकाले प्याराग्लाइडिङ र र्‍याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पु¥याउने लक्ष्य लिएको छ ।

बतासेको भीरचुङ्मा डाँडाबाट एकसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए ।

यसअघि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी, हलेसी चुवाचुङ नगरपालिकाको भुम्जुडाँडालगायत ठाउँमा पनि अनौपचारिक रुपमा प्याराग्लाइड उडाइएको थियो ।