
सरकारमा गएको ८ महिनापछि माओवादीका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन् ।
माओवादीका सबै मन्त्री र राज्यमन्त्रीका तर्फबाट मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
यसअघि, उनीहरुले आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका थिए ।
पार्टी बैठकपछि मन्त्री पोखरेल मन्त्रिपरिषदबाट फिर्ता आउने अध्यक्ष पुष्पकमल दाहालको पत्र लिएर सिंहदरबार पुगेका थिए ।
पत्रमा दाहालले निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गर्दै ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् ।
सरकारमै रहेर विपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर बिनाविभागीय हैसियतमा झारिदिएका थिए ।
बिनाविभागीय भइसकेपछि पनि विभिन्न बहानामा माओवादीका मन्त्रीहरु सरकारमै रहेर कामैबिना तलबभत्ता बुझिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्