
जिल्ला प्रशासन कार्यालय(सिडिओ) तनहुँमा पराजुलीको नागरिकता बारे नियमित फोन आउने गरेको प्रशासनले जनाएको छ ।
शुक्रबार मात्रै सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले यसबारे निकै प्रश्नको सामना गर्नुपरेको छ ।
प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो ।
पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए । तर, सुरुमा वितरित नागरिकतामा जन्म मिति भने उल्लेख नभएको प्रशासन श्रोतको भनाइ छ ।
‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ पराजुलीको नागरिकता प्रकरण अहिले विवादमा आएजस्तो ठूलो नभएको जिकिर गर्दै ती अधिकारीले भने,‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौंं प्रशासनबाट प्रतिलिपि निकाल्नुभएको देखिन्छ ।’
उनले सुरुको नागरिकतामा जन्म महिना र मिति उल्लेख नभएकाले पराजुलीले सेवा प्रयोजनमा पर्नसक्ने असरलाई ध्यानमा राखेर मिति उल्लेख गरेको हुनसक्ने बताए । ‘पहिलेको र अहिलेको मितिमा फरक पर्यो भन्ने कुरा गलत छ,’ उनले भने । -अन्नपूर्णपोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्