Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


0
Shares

उर्लाबारी, मंसिर २७ । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मध्यराति मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइते भएका र उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । (रासस)