
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा१६च ८७७३ नम्बरको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो । सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छन् ।
घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्