
सन् २०१७ मा एक लाख ४५ हजार ७९७ जना विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् ।
सन् २०१६ मा एक लाख ३६ हजार २५३ जना विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब सात प्रतिशत बढी विदेशी पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
यस अवधिमा ५६ हजार २०० श्रीलंका, २१ हजार ९२६ थाइल्यान्ड, १६ हजार ३२९ चिनियाँ, १५ हजार २८४ म्यानमारका नागरिकले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ ।
यस अवधिमा एक लाख ५५ हजार ४४४ जना भारतीय नागरिकले लुम्बिनीको भ्रमण गरे भने १२ लाख ५१ हजार ३४६ जना आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले छ ।
प्रतिक्रिया दिनुहोस्