
काठमाडौं, मंसिर २६ । बुधबार सेयरबजार स्थीर रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से मात्र हरियो रहेर थामियो । नेप्से ११ सय ४१ दशमलव एक आठ कायम भएर थामियो ।
यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे ।
जलविद्युत्, जीवनबिमा, वित्त, उत्पादनमूलक र अन्य समूह सकारात्मक रहे । होटल, निर्जीवन बिमा, लघुवित्त, विकास बैंक र वाणिज्य बैंक ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका ८ लाख ७३ हजार कित्ता सेयर २७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्