२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


जाडो बढेसँगै तातोपानी कुण्डमा नुहाउनेको भीड लाग्न थाल्यो


0
Shares

यो कुण्डमा नुहाउन दैनिक दुई सय जनाभन्दा बढी मानिस पुग्ने गरेका छन् । सदरमुकाम बेसीसहरबाट २० किलोमिटर उत्तरमा मर्स्याङ्दी नदीको किनारमा रहेको यो कुण्डमा विशेषगरी छालासम्बन्धी र बाथका रोगीहरु टाढा–टाढादेखि नुहाउन आउने गरेका छन् ।

यहाँको पानी नुनिलो र निकै तातो भएकाले नुहाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुने बताइन्छ । बाहुनडाँडाको फेदीमा रहेको ठूलो पहरोबाट तातोपानीको मुल निस्किएको छ ।

कुण्डमा एकपटकमा २० जनासम्म नुहाउन सकिन्छ । संसारकै उत्कृष्ट र व्यस्त मानिने अन्नपूर्ण पदमार्गसँगै जोडिएको यो कुण्डमा नुहाउन लमजुङ, तनहुँ, गोरखा र मनाङदेखिका मानिस आउने गर्दछन् ।

जाडोको सिजनमा दैनिक सयौं संख्यामा नुहाउनेहरुको भिड लाग्ने गरे पनि पोखरी व्यवस्थित नहुँदा समस्या परेको त्यहाँ पुगेकाहरु बताउँछन् ।