२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तस्वीरमा ५० वर्षअघिको म्याग्दी


0
Shares

छैठौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापारिक एवं पर्यटकीय मेलाको अवसरमा ५० वर्षअघिको म्याग्दीको भूगोल, जनजीवन, संस्कृति र कृषिसँग सम्वन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएका छन् ।

५० वर्ष अघि एक अमेरिकी नागरिकले म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पुगेर खिचेका तस्वीर प्रदर्शनीमा राखिएका हुन् । यी तस्वीरले तत्कालिन म्याग्दीको भूगोल र जनजीवनलाई बुझ्ने र देख्ने अवसर दिएको फोटो प्रदर्शनीका संयोजक भोजबहादुर रिजालले बताए ।

त्यसका साथै म्याग्दीका पत्रकार र फोटोग्राफरहरुले विभिन्न समयमा खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिएको छ । शुक्रबारदेखि सुरु भएको छैठौं म्याग्दी महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।