१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


भारी बोकेर हिँड्नुपर्ने दिन गए, बझाङ र बाजुराबासीको दैनिक जीवत सहज बन्दै (भिडियो)


0
Shares

पैदल यात्रा गरेर बझाङबाट बाजुरा र बाजुराबाट बझाङ गर्ने वर्षौंदेखिको बाध्यता अब अन्त्य भएको छ ।

बझाङ र बाजुरा जिल्लाको बीचमा पर्ने सिमाना थामलेखमा सडक निर्माणसँगै सवारीका साधन जीप संचालनमा आएका हुन् । साना सवारीका साधन संचालनमा आएसँगै स्थानीयको पैदल यात्रा र भारी बोक्ने झन्झट हटेको छ ।

खप्तड छान्ना गाँउपालिकादेखि बाजुराको सदरमुकाम मार्तडीसम्म अहिले सवारीका साधन संचालन हुने गरेका छन् । सवारीका साधन संचालनमा आए पछि स्थानीयले उत्पादन गरेका तरकारी र फलफुलले समेत बजार पाएको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्