२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


स्थानीय तहका जनप्रतिनिधिबीच प्रदेशस्तरीय छलफल, यस्ता छन् गुनासो


0
Shares

प्रदेश नम्बर ४ समन्वय समितिले पोखरामा गरेको ‘गाउँपालिका सञ्चालनका चुनौती र अभ्यास’ विषयक कार्यक्रममा जनप्रतिनिधिहरुले स्पष्ट कानुन नहुँदा समस्या भएको गुनासो गरेका हुन् । उनीहरुले कर्मचारीको अभाव र भएका कर्मचारीमा समेत जिम्मेवारीप्रतिको निष्ठा नहुँदा स्थानीय सरकार सञ्चालनमा चुनौती खडा भएको बताए ।

समितिका संयोजक तथा गोरखाको भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले स्थानीय सरकार गठनको आठ महिना अवधिमा समस्या, चुनौती र अवरोध सामना गर्नु नै मूख्य उपलब्धीको रुपमा लिनुपर्ने बताए ।

निजामती कर्मचारीको समायोजन र बाँडफाँड चुस्त नभएको भन्दै उनले कर्मचारीहरु कार्यक्षेत्रमा नपुग्नु सरकारको कमजोरी भएको टिप्पणी गरे ।

गाउँपालिकामा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि इस्टिमेट गर्ने इञ्जिनियर नहुँदा अधिकांश बजेट खातामै थन्किएको गुनासो जनप्रतिनिधिहरुको छ ।