
नवीन सिंह (इमेज)
जनकपुर, मंसिर २६ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन् ।
बुधबार जानकी मन्दिरमा पूजा–अर्चनापछि आगन्तुक पुस्तिकामा लेख्दै उनले विवाहपञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा–अर्चना गर्ने र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्ने अवसर मिलेकोमा स्वयंलाई धन्य ठानेको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री आदित्यनाथले भगवान राम र सीताको जीवन दुवै देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन् ।
उनले आफूसँग आएको प्रतिनिधिमन्डललाई भव्य स्वागत गरेकोमा नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवादसमेत दिएका छन् ।
रामजानकी विवाह महोत्सवको जन्तीको नेतृत्व गर्दै मुख्यमन्त्री आदित्यनाथ बुधबार बिहान निजी विमानमार्फत् जनकपुर आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्