२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनर्निर्माण कार्यालयका प्राविधिक दुई जना र चालकसमेत छन् ।

मकालु गाउपालीका वाड्नं. ३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदीको बगरमा खसेको स्थानियवासीले बताएका छन ।

दुर्घटनामा परेका ६ जना क्षत विक्षत अवस्थामा भेटीएको स्थानियवासीले बताएका छन ।

संखुवासभा जिल्लाको भोटखोला गाविस स्थित गोलामा भोली माघ १ गते भुकम्प सम्वन्धि एक दिने अनुशिक्षण कार्यक्रमकालागी उक्त टोली जादै गर्दा दुर्घटनामा परेको बताईएको छ ।

भुकम्पका प्राविधिक र चालकको नाम खुल्न सकेको छैन । दुर्घटनामा भुकम्पीय आवास पुन निर्माण आयोजना काठमाण्डौबाट आएको जिप दुर्घटनामा परेको बताईएको छ ।

प्रहरी घटना स्थलमा पुगेको र दुर्घटना छानविन सुरु गरेको बताएको छ ।