
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, मंसिर २६ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जन्मदिनको अवसर पारेर उनको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन कार्यालय कन्चनपुरअगाडि यज्ञ गरिएको छ ।
नागरिक संघर्ष समितिको पूर्वघोषित कार्यक्रमअनुसार पीडित परिवार र समितिले बुधबार यज्ञ गरेका हुन् ।
निर्मलाको न्यायका लागि ३२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले दोषी पहिचान गर्न नसकेकाले सरकारको आँखा खोल्न यज्ञ गरिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् ।
संघर्ष समितिकी संयोजक मीना भण्डारीले सरकारले घटनामा संलग्न भन्दै पटक–पटक निर्दोष व्यक्तिलाई दुःख दिने गरेको आरोप लगाइन् ।
संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई यज्ञको प्रसाद पठाएको छ ।
निर्मला हत्याकान्डको १४० दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्