१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मध्यभोटेकोसी जलविद्युत आयोजना दुई वर्षभित्र सक्न निर्देशन


0
Shares

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोलाई निर्देशन दिएका हुन् ।

सन् २०१७ जुनमा सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ ।

आयोजना सन् २०१९ को जुनमा सक्ने परिमार्जित लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिम रुप नपाएको जनाइएको छ ।