५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


धुलिखेलमा बसको ठक्करबाट युवकको मृत्यु


0
Shares

काभ्रेपलाञ्चोक, मंसिर २६ । धुलिखेल नगरपालिका–४, बाँसघारीमा बसको ठक्करबाट बुधबार मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत् बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना४ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा८३प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा–३, कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारकाक्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउ ।

प्रहरीले बसचालक र मोटरसाइकलचालकलाई नियन्त्रणमा लिइ दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । रासस