
मेला भर्न बिहानदेखि नै देशका विभिन्न क्षेत्र र भारतबाट हजारौं तिर्थालु देवघाट पुगेका छन् ।
नेपालकै चार धाम मध्ये एक रिडीको रुरुक्षेत्रमा माघे संक्रान्तिको अवसरमा बिहानैदेखि काली गण्डकीमा स्नान गरी पूजाआजा गर्नेको भिड लागेको छ ।
माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु (रिडी) क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पुजाआजा गर्ने श्रद्धालुको लाम लागेको हो ।
सिन्धुलीको कमला र गौमती नदीकोे संगमस्थलमा अवस्थित ऐतिहासिक तथा पवित्र प्रसिद्व धार्मिक तिर्थस्थल कमलामाईस्थानमा मकर संक्रान्तिका मेला लागेको छ ।
मकर संक्रान्तिका अवसरमा मेला भर्न आएका हजारौं भक्तजनहरुले बिहानैदेखि पवित्र कमलानदीमा स्थानगरी कमलामाई स्थानमा पूजा अर्चना गरी पाठी, परेवा, कुखुरा र हाँसको वली चढाएर भाकलसमेत पूरा गरेका छन् ।
उता, इलामको माइबेनीमा पनि माघी मेला लागेको छ ।
इलाम नगरपालिका– नामसालिङ र गोदकको संगमस्थलका रुपमा रहेको माइ र जोगमाइ खोलाको दोभानमा विहानैदेखि मकर नुहाउने र खोलामा पूजा–आजा गर्नेको भीड लागेको छ ।
मेलामा इलाम, पाँचथर तथा भारतका मिरिक, दार्जिलिङदेखिका सर्वसाधारण सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्