२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


न्यानो कपडा र मिष्ठान भोजन पाएपछि विपन्न व्यक्ति दंग


0
Shares

 

आनन्द मार्ग प्रचारक संघ नेपालले विपन्न, असहाय, अपाङ्ग, बृद्धबृद्धा, बालबालिका लगायतलाई कम्बल र अन्य न्यानो कपडा वितरण गर्नुका साथै मिष्ठान भोजन गराएको हो ।

मानव धर्म अन्तर्गत वर्षेनी माघे संक्रान्तिका दिन पारेर यस्तो कार्यक्रम गर्दै आएको संघको हरिवनमा रहेको शाखा आनन्द मार्ग युनिभर्सल रिलिफ टिमका संयोजक हरिशंकर चौधरीले जानकारी दिए ।

हरिवन चौकमा संघका केन्द्रीय अध्यक्ष नवराज बिसीको अध्यक्षतामा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँको प्रमुख न्यानो कपडा वितरण र मिष्ठान भोजन खुवाउने कार्यक्रमको उद्घाटन गरे ।

कठ्यांग्रिदो जाडोमा न्यानो कपडा पाएपछि विपन्न परिवारका मानिस खुशी भएका छन् । कम्बल र न्यानो कपडा लिन जिल्लाका विभिन्न ठाउँबाट मानिसहरु आएका थिए ।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडा नं. ११ का वडा अध्यक्ष सेख मेहबुब रेजा, अन्तर पार्टी महिला सञ्जाल सर्लाहीकी अध्यक्ष बुककुमारी थापा लगायतले मन्तव्य राख्दै आनन्द मार्ग प्रचारक संघ नेपालले गरेको सेवामुलक कार्य सराहनिय रहेको बताए ।

उनीहरुले कठ्यांग्रिदो चिसोमा मिष्ठान भोजन र न्यानो कपडा पाउँदा विपन्न र असहाय मानिसले राहतको महसुस गर्न पाएको तर्क गरे ।