५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


धनकुटामा फोहोरमैला व्यवस्थापन हेर्न पनि देशभरीबाट मानिसको लाइन(भिडियो)


0
Shares

कविराज घिमिरे/ईमेज

धनकुटा । व्यवस्थापन गर्न जान्ने हो भने जुनसुकै ठाउँलाई पनि आकर्षणस्थल बनाउन सकिन्छ भन्ने पुष्टि धनकुटा नगरपालिकाले गरेको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रमा प्रवेश शुल्क लगाएर नगरपालिकाले करिब २ लाख रुपैयाँ समेत संकलन गरेको छ ।

अर्कोतिर केन्द्रमा विभिन्न जिल्लाबाट अवलोकनकर्ता आएर फोहार व्यवस्थापनको तरिका सिकिरहेका छन् ।

धनकुटा नगरपालिकाको फोहोर वयबस्थापन केन्द्र हेर्न आउने आगन्तुकको चहलपहल बढ्न थालेको छ ।

नगरपालिकाले अपनाएको फोहोर व्यवस्थापनको तरिका सिक्न र बुझ्नका लागि विभिन्न ठाउँका मानिसहरु टोली नै बनाएर अवलोकन गर्न आउने गरेका छन् ।

जसले गर्दा एकातिर थोरै भएपनि राजस्व संकलन भएको छ भने अर्कोतिर फोहोर व्यवस्थापनको राम्रो तरिका धेरैले सिक्न पाएका छन् ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले गरेको मेहनेतस्वरुप आगन्तुकलाई सशुल्क अवलोकनको व्यवस्था गरिएको धनकुटा नगरपालिकाका वातारवरण शाखा प्रमुख उपेन्द्र खनाल बताउँछन् ।

यस केन्द्र धनकुटा बजार र हिले बजारबाट दैनिक १६ टन फोहर संकलन हुने गरेको छ ।

नगरपालिकाले संकलित फोहोरलाइ प्रतिकिलो तीन रुपैयादेखि सात रुपैयाँसम्ममा बिक्री गर्ने गरेको छ । त्यस्तै कुहिने  फोहोरबाट कम्पोष्ट मल बनाउने गरेको छ ।

फोहोर व्यवस्थापन गर्ने तरिका सिक्न यस केन्द्रमा आएको काभे्रकोे पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने बताउँछन् ।

काम नलाग्ने फोहरमाथि बनाइएको सुन्दर बगैँचामा बेलाबखत क्लव, समुह र कार्यालय प्रमुखको बैठक गर्ने गरिन्छ ।

केन्द्रमा विभिन्न क्षेत्रमा काम गर्दै आएका तिन सय भन्दा बढी समुहले फोहारे संकलन र व्यवस्थापनको सम्बन्धमा जानकारी लिइसकेका छन् ।

यो फोहोर ब्यबस्थापन केन्द्र सुने भन्दा अझ राम्रो राम्रो भएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको भनाइ छ ।

धनकुटाले गरेको फोहोर व्यवस्थापनको यो प्रयास सबैका लागि अनुकरणीय छ ।

फोहोर व्यवस्थापनको अभावमा वातावरण दुर्गन्धित र कुरुप हुनुका साथै विभिन्न रोगको प्रकोप फैलिने गरेको यथार्थ हाम्रा सामु प्रशस्तै देख्न सकिन्छ ।

अवलोकनका लागि आउनेहरुले आआफ्नो ठाउँमा फोहोर व्यवस्थापनको यस्तो तरिका लागु गर्न सके वातावरण स्वच्छ र रमणीय बन्ने थियो ।