२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभा निर्वाचन तयारीबारे दलहरुसँग आयोगले थाल्यो छलफल


0
Shares

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा मंगलबार प्रमुख ५ दलका नेतालाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचन नियमावली, निर्देशिका, मतपत्रको ढाँचा र मतगणनाका प्राविधिक विषयमा छलफल गरेको हो ।

आयोगका पदाधिकारीहरुसंगको छलफलमा ५ दलका नेताहरुले राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।

बैठकपछि दलका नेताहरुले राष्ट्रियसभा निर्वाचनको तयारी र निर्वाचनको प्राविधिक पक्षबारे छलफल भएको जानकारी दिए ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनका बारेमा आयोगले गरेको तयारीमा केन्द्रीत रहेर छलफल भएको जानकारी दिए ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकल संक्रमणीय र बहुमतिय गरी दुई प्रकारका मतपत्रको ढाँचा तयार पारेको छ ।

छलफलमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताहरु सहभागी थिए ।

आयोगले एक सातापछि पुनः दलहरुसंग छलफल गर्ने जनाएको छ ।