२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अर्नाको आक्रमणबाट बालिकाको मृत्यु, बालक घाइते


0
Shares

सुनसरीको कोशी गाउँपालिकाकी १३ बर्षीया बालिका सजनम खातुनको मृत्यु भएको हो भने जाबेद आलम गम्भीर घाईते भएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिए ।

घाईते बालकको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको छ ।

घरबाट कोसी कटानतर्फ जाँदै गरेका उनीहरुलाई अर्नाले आक्रमण गरेको बताइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षलाई सरकारले तारबार नगरेका कारण बेला बेलामा अर्ना र जङ्गली हात्ती बाहिर निस्कने गर्दछन् ।