१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नेपालमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने


0
Shares

नेपाल अर्बुद रोग निवारण संघले आगामी बिहीबारदेखि शनिबारसम्म काठमाडौंमा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

विकासोन्मुख देशहरुमा क्यान्सर नियन्त्रणको चुनौती विषयक उक्त सम्मेलनमा क्यान्सर रोगको विश्वको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था युनियन अफ ईन्टरनेशनल क्यान्सर कन्ट्रोलका अध्यक्ष प्रोफेसर सनचाई अरन्दको उपस्थिति रहने जनाइएको छ ।

सम्मेलनमा १५ राष्ट्रका २ सय ५० जना अनुसन्धानकर्ता, क्यान्सर विरुद्धका अभियन्ता, डाक्टर र नर्स लगायतका स्वास्थ्यकर्मीहरु सहभागी हुने जनाइएको छ ।