१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भूकम्पीय सुरक्षा दिवस : विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन नीति कार्यान्वयन गर्ने प्रतिबद्धता


0
Shares

विसं १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर विसं २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।

राजधानीमा आज गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयले तयार गरिरहेको विपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन नीति कार्यान्वयन गर्ने बताए ।

कार्यक्रममा काठमाडौ नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणमा जुट्न सबैलाई आग्रह गरे । उनले भूकम्प पीडितहरुको घरको नक्सा पास गर्र्दा लाग्ने दस्तुर पनि महानगरपालिकाले मिनाहा गर्दै आइरहेको बताए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले पुनर्निर्माणको कामलाई तिब्रता दिने प्रतिबद्धता जनाएका थिए ।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकैबीचमा २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।