५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


योगी आदित्यनाथ जनकपुर आइपुगे, बाह्रबिगाबाट सम्बोधन गर्ने


0
Shares

काठमाडौं ।  भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुधबार बिहान १० बजेर ३० तिर जनकपुर विमानस्थलमा ओर्लिएका हुन् ।

मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुले स्वागत गरेका थिए ।

सुरक्षार्थी जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम पनि गरिसकेका छन् ।

योगीको सम्मानमा दिवा भोजको पनि ब्यवस्था गरिएको छ । भोजमा ५६ प्रकारको व्यन्जनको व्यवस्था गरिएको छ ।

आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् । योगीको ४ बजे पछि फर्कने कार्यक्रम रहेको छ ।