१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


आज मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख नियुक्ति गरिने


0
Shares

आज बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने बताइएको छ ।

यसअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भन्दै हिजो बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे पनि त्यो सफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक नै आजका लागि सारिएको हो ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न विपक्षी दलको पनि सहमति खोज्न प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि हिजोसफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक नै सारिएको हो ।

दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलो गरेको छ ।

एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन् ।

सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।