
सरकारले सबै स्थानीय तहमा बैंकिङ सुविधा पु¥याउने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन नहुँदा स्थानीय तहका कामकारबाहीसमेत प्रभावित भएका छन् ।
उदयपुरको सदरमुकाम त्रियुगा, चौदण्डगढी र कटारी नगरपालिकामा मात्र बैंकिङ शाखा सञ्चालनमा छन् ।
८ वटा स्थानीय तह रहेको उदयपुरका अन्य स्थानीय तहमा कुनै पनि बैंकले शाखा सञ्चालन गर्न सकेका छैनन् ।
दुर्गम मानिएका स्थानीय तहले आफ्नो बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
त्यसैगरी स्थानीयबासिन्दाले पनि कुनै पनि बैंकिङ कारोबारका लागि सदरमुकाम नै पुग्नुपर्ने अवस्था छ ।
यसले गर्दा स्थानीय तह सञ्चालनमा समेत समस्या आएको बताइएको छ । स्थानीयबासिन्दाले तत्काल सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्