बुधबारै दिउँसो फेरि बैठक बस्ने गरी बैठक स्थगित गरिएको हो ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारेमा छलफल भएको थियो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशप्रमुखको सम्भावित नाम र केन्द्रकोबारेमा बैठकमा छलफल भएको बताए ।
उनले थप छलफल गर्नु जरुरी रहको भन्दै बुधबारै फेरि बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।
स्रोतकाअनुसार मन्त्रिपरिषद बैठकमा प्रदेश नम्बर–१ मा गोविन्द सुब्बा, प्रदेश–२ मा उमाकान्त झा, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा रत्नेश्वर कायस्थ, प्रदेश–६ मा चन्द्रकृष्ण घिमिरे र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गर्नेगरी छलफल भएको छ । यद्यपि, अन्तिम निर्णय भने भएको छैन ।
मंगलबार पनि प्रदेशप्रमुख र अस्थायी राजधानी तोक्न भन्दै बैठक बोलाइएपनि बैठकै नबसी स्थगित गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुखको नियुक्तिमा दलीय सहमति खोजेपनि त्यो सफल हुन नसकेपछि बैठक सार्नुपरेको थियो ।
सरकारले प्रदेशप्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।










प्रतिक्रिया दिनुहोस्