२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कैलालीको मालाखेती अस्पतालमा तालाबन्दी


0
Shares

मालाखेती अस्पतालमा २४ घन्टा प्रसूति सेवा सुचारु हुनुपर्ने, अस्पतालमा कार्यरत् अनमि विष्णुमाया बुढाको पुनःबहाली गरिनुपर्नेलगायतका माग राख्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् ।

विगत लामो समयदेखि अस्पतालमा कार्यरत् बुढाको गत असारमा करार सकिएपछि अस्पताल व्यवस्थापन समितिले उनको करार अवधि नवीकरण नगरेको आरोप स्थानीयले लगाएका छन् ।

आन्दोलनरत् समितिका अध्यक्ष प्रेमबहादुर भोलाले अस्पतालको समस्या समाधानका लागि अस्पताल व्यवस्थापन समिति गम्भीर नभएको आरोप लगाए ।

उता, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत खड्काले नर्सहरुको आन्दोलनका कारण कर्मचारी कम हुँदा सेवाग्राहीलाई सेवा दिन नसकिएको स्वीकार गरे ।

उनले अनमि बुडाको करार अवधि सकिएकाले तलब दिन नसक्दा करार नथपिएको बताए ।

अध्यक्ष खड्काले अस्पताल अहिले नगरपालिकाको मातहतमा रहेकाले नयाँ कर्मचारी भर्नाका लागि नगरपालिकालाई पटक–पटक अनुरोध गरेपनि कुनै सुनुवाइ नभएकाले समस्या आएको बताए ।