२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एमाले स्थायी कमिटी बैठकले के गर्‍यो ?


0
Shares

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यसअघिका निर्वाचनहरुमा उम्मेदवार हुने अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न सरकार नै लागिपरेको आरोप लगाउँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठकले सरकार कामचलाउ भइसकेको अवस्थामा पनि नियुक्ति, सरुवा, दरबन्दी रचना गर्नेलगायतका काम गरिरहेको भन्दै यस्ता गैरकानुनी काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।