१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


अनिश्चितकालीन बन्दका कारण दाङको जनजीवन प्रभावित


0
Shares

पूर्व–पश्चिम राजमार्गसहित तुलसीपुर, घोराही, लमही र भालुवाङलगायतका बजारका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् । यातायात, कलकारखाना, विद्यालय सबै ठप्प छन् ।

बुधबार बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरुसहित प्रदर्शन गरिएको छ । चोकचोकमा टायर बालेर सडक अवरुद्ध पारिएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारी–साधनहरु चल्न नसक्दा यात्रीहरु अलपत्र परेका छन् ।

उद्योग वाणिज्य संघ, व्यवसायीहरु, राजनीतिक दलका नेता–कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

हालसम्म दाङमा उच्च अदालत, प्रदेश प्रहरी इकाई र प्रदेशस्तरीय राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

प्रदेशको केन्द्र पर्ने, पर्याप्त भौतिक संरचना र सरकारी जग्गा भएका कारण दाङमा नै अस्थायी मुकाम तोक्नुपर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको भनाइ छ ।

दाङमा प्रदेश राजधानी नतोकिएसम्म अनिश्चितकालीन आमहडताल जारी रहने उनले बताए ।