Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


रानीपोखरीको पुनःनिर्माण पुरानै शैलीमै गर्नुपर्नेमा जोड


0
Shares

बुधबार राजधानीमा आयोजित रानीपोखरी जीर्णोद्वारसम्बन्धी सार्वजनिक सुनुवाइमा सहभागीहरुले पुरातात्विक महत्वका सम्पदाहरुको पुनःनिर्माण प्रताप मल्लकालीन शैलीमा बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनीहरुले रानीपोखरीभित्रको मन्दिरलाई पनि शिखर शैलीमा पुनःनिर्माण गर्नुपर्ने बताए ।

जंगबहादुर राणा र जुद्धशमशेर राणाको पालामा पोखरी र मन्दिरमा केही परिवर्तन भएकाले त्यसकोसमेत अध्ययन गरी त्यसअघिकै शैलीमा पुनःनिर्माण गर्नुपर्ने सुझाव रानीपोखरी पुनःनिर्माण अध्ययन विशेषज्ञ समितिले पनि दिएको छ ।

विशेषज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले पोखरीमा पानी अड्याइ पुरानै शैली अपनाउनुपर्ने, पोखरीभित्रका धाराहरुलाई पुनःस्थापित गर्नुपर्ने, चार कुनामा रहेका मन्दिरहरुलाई कम्पाउन्डभित्र राख्न पनि समूहले सिफारिस गरेको जानकारी उनले जानकारी दिए ।

विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण कसरी गर्ने भन्ने विषयमा विवाद भइरहँदा अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

Skip This