
मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले प्रदेश–७ को अस्थायी राजधानी कैलालीको धनगढी तोकेको हो ।
सो निर्णयसँगै दिपायलमा पुनः आन्दोलन चर्किएको छ । सयौंको संख्यामा सडकमा उत्रिएका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाईसमेत रोक लगाएका छन् । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
आन्दोलनकारीहरुले होटल र पसलहरु बन्द नगरिए तोडफोड गर्ने चेतावनी दिएका छन् । चोकचोकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
डोटेलीले प्रदेश–७ को राजधानी दिपायलमा कायम हुनुपर्ने माग राख्दै विगत २२ दिनदेखि विभिन्नखाले आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्