१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नेप्से ७ अंकले ओरालो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले ओरालो लागेर १४ सय ६ मा आएर थामियो ।

लघुवित्तमा सामान्य सुधारबाहेक अरु समूह ओरालो लागे । जलविद्युत् र अन्य समूहमा दोहोरो अंकको गिरावट आयो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका ९ लाख ८० हजार कित्ता सेयर जम्मा साढे ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।