
बैंकले आफ्नो ५१औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।
बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ कायम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए ।
आर्थिक वर्ष २०७३/७४ मा बैंकले ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको थियो । यसै आर्थिक वर्षमा बैंकले १ खर्ब ९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा बैंक २ अर्ब ८५ करोड सन्चालन मुनाफा आर्जन गर्न सफल भएको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्