२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ब्रोकर थपका लागि नेप्से कार्यविधि बनाउँदै


0
Shares

काठमाडौं, मंसिर २५ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि उपत्यकाबाहिर ब्रोकर थप्ने कामका लागि कार्यविधिको तयारी भइरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दोस्रो बजार थप्ने योजना बनाइरहेको र धितोपत्र बोर्डको निर्देशनबाट पत्र पनि प्राप्त भइसकेकाले त्यसका लागि कार्यविधि बन्दै गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

नेप्सेले कार्यविधि बनाउँदै गरेको भएपनि उपत्यकाबाहिर के–कति संख्यामा र कहाँ ब्रोकर स्थापना गर्ने भन्ने यकिन भने भइनसकेको उनले बताए ।

बोर्डले ब्रोकर थप गर्नका लागि नेप्सेलाई यही मंसिर १७ गते निर्देशन दिएको थियो ।