
मोटरसाइकल चालक शिवराजनगरपालिका–१ माझगाउँ बस्ने २६ बर्षीय खुमनसिंह पुनको दुर्घटनामा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु२त ५७१३ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु५प ८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्