Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


‘ब्याजदर वृद्धिले उद्योग–व्यवसाय क्षेत्रमा कठिनाइ’


0
Shares

काठमाडौं, मंसिर २५ । ऋणको ब्याजदर अचानक वृद्धि भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ ।

मंगलबार महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमन्डलले गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणीको कर्जा तिर्नसक्ने क्षमता विश्लेषण नगरी ऋणको ब्याजदर वृद्धि भइरहेकोेप्रति गम्भीर ध्यानाकर्षण गराएको जनाएको हो ।

ब्याजदर वृद्धिले उद्योग–व्यवसाय क्षेत्रमा कठिनाइ उत्पन्न भएको महासंघले जानकारी गराएको छ ।

ब्याजदर वृद्धिले निर्माणाधीन परियोजनाको लागत वृद्धि गरेको र नयाँ परियोजना ल्याउन नसकिरहेको महासंघले जनाएको छ ।

भेटमा गभर्नर नेपालले यतिखेर निक्षेपभन्दा ऋण माग बढी भएकाले यसले मुलुकभित्र आर्थिक गतिविधिहरु बढ्दै गएको संकेत दिएको बताए ।

केन्द्रीय बैंक यसप्रति सचेत रहेको र समस्या समाधानमा क्रियाशील रहेको भन्दै गभर्नर नेपालले ब्याजदर नबढ्ने विश्वाससमेत दिलाएको महासंघले जनाएको छ ।

Skip This