Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


‘निक इलेक्ट्रो टेक’ पुस ६ देखि


0
Shares

काठमाडौं, मंसिर २५ । विद्युतीय सामग्रीहरुबारे जानकारी दिने र यस क्षेत्रकोे व्यवसाय प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण काठमाडौंमा हुँदैछ ।

‘निक इलेक्ट्रो टेक २०१८’ आगामी पुस ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने भएकोे हो ।

ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस वर्ष ‘आर्थिक समृद्धिको संवाहक—उर्जा’को नारा लिएर निक इलेक्ट्रो टेक २०१८ को आयोजना गर्न लागिएको जनाइएको छ ।

प्रदर्शनीमा जम्मा ७७ ओटा प्याभिलियन तथा स्टलहरु रहने जनाइएको छ । मेलाको एक लाख बराबरले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।