काठमाडौं, मंसिर २५ । ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेसनलबीच सहकार्य गर्ने सहमति भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, युकेएड सक्षमको तर्फबाट निर्मल दाहाल र हेफर इन्टरनेसनलका तर्फबाट डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।
१४ जिल्लामा रहेका महिला तथा उद्यमीहरुको जीवनस्तर उकास्ने गरी बैंकले नेपालमै पहिलोपटक किसान क्रेडिट कार्डकोसमेत सुरुआत गर्ने जनाएको छ ।
बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गर्ने र वित्तीय साक्षरताको कामसमेत गरिरहेको जनाएको छ ।
बैंकले देशैभरि ८६ ओटा शाखा, दुईओटा एक्सटेन्सन काउन्टर र ३९ शाखारहित बैंकिङ सेवा गरी १२६ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।
बैंकले १०५ ओटा एटीएम काउन्टर सन्चालनमा ल्याएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्