२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अस्थायी राजधानी र प्रदेशप्रमुखबारे पुनर्विचार हुनसक्छ : ओली


0
Shares

आफ्नो नियमित स्वास्थ्य परीक्षण गराइ बिहीबार थाइल्यान्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेशप्रमुख ढिलै भएपनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भएपनि कहाँ–कहाँ अस्थायी राजधानी तोक्ने ? कहाँ–कहाँ प्रदेशको राजधानी तय गर्ने ? भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताए ।

उनले प्रदेशप्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रस्ट गरे ।

निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उनले दोहोर्‍याए ।

उनले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको दाबी गरे ।

उनले परीक्षणको प्रतिवेदनबाट आफ्नो स्वास्थ्य ठीक रहेको पाइएको र बैंककमा रहँदा कुनै अन्य भेटघाट नभएको जानकारी दिए ।

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैंकक गएका थिए । रासस