काठमाडौं, मंसिर २५ । पछिल्ला केही दिन सकारात्मक रहेको सेयरबजार मंगलबार पुनः ऋणात्मक रह्यो ।
यसदिन बजार परिसूचक नेप्से ३ अंकले घटेर ११ सय ४१ मा आएर थामियो ।
यसदिन कारोबार भएकामध्ये अधिकांशजसो समूह रातो रहे । उत्पादनमूलक, अन्य र वित्तीय समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागेका हुन् ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च २८ अंकले झर्यो । जीवनबिमा समूह, होटल, लघुवित्त समूह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका १२ लाख ८६ हजार कित्ता सेयर ३८ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्