२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


सामाजिक सुरक्षा परिचालक आन्दोलित


0
Shares

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहत स्थानीय तहको वडा तहमा रही काम गरिरहेका परिचालकलाई सरकारले गत पुस १४ बाट अवकाश दिएको थियो ।

सरकारले बिनाविकल्प निकालिदिएको भन्दै उनीहरुले अहिले देशभर आन्दोलन गरिरहेका छन् ।

यसैक्रममा उनीहरुले बिहीबार प्रधानमन्त्रीको सरकारी निवासबाहिर बालुवाटारमा धर्ना दिँदै आफूहरुलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

देशभर यस्ता सामाजिक परिचालक सात हजारभन्दा बढी रहेका बताइएको छ ।

स्थानीय तहमा योजना छनोटदेखि जनताको चाहनालाई राज्यका निकायमा पठाउने मामिलामासमेत यस्ता परिचालकले सहयोगी भूमिका खेल्दै आएका थिए ।