
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देवकोटालाई २५ हजार १ रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरे ।
यसैगरी, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका समाचार सम्पादक अनिता विन्दुलाई सम्मानित गरिएको छ । उनलाई १५ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
सम्पादक समाज नेपालले अग्रज सन्चारकर्मीहरु धमेन्द्र झा, हरिश चन्द र नरेन्द्र उपाध्यायलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्पादक समाज नेपालले गोविन्द वियोगीको नाममा निर्माण गर्न लागेको अध्ययन प्रतिष्ठानलगायतका भौतिक संरचनाका लागि सहयोग गर्ने बताए ।
कार्यक्रममा मातृभूमि साप्ताहिकको सम्पादकीय संग्रह भाग–३ को पनि लोकार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्